दुई सिडिओसहित तीन सहसचिवको सरुवा 

Nepal Cover
१२ भाद्र २०८०, मंगलवार
image

काठमाडौँ । दुई सिडिओसहित तीन सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले धनकुटा र काभ्रेका सिडिओ र गृहका एक सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले आज काभ्रे र धनकुटाका जिल्लाको सीडीओको सरुवा गरेको हो । काभ्रेका पुण्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ भने धनकुटामा कार्यरत थानेश्वर गौतमलाई गृह मन्त्रालयमा तानेको छ ।

यस्तै गृह मन्त्रालयका सहसचिव रूद्रादेवी शर्मालाई काभ्रेको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।