महावाणिज्यदूत दिनेशकुमार घिमिरे सचिबमा बढुवा

Nepal Cover
१२ भाद्र २०८०, मंगलवार
image

काठमाडौँ । सरकारले रिक्त रहेको एक सचिव पदमा सहसचिव दिनेश कुमार घिमिरेलाई बढुवा गरेको छ । बढूवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पदका लागि सहसचिवत्रय दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस भएका सहसचिव घिमिरेलाई बढूवा गर्न निर्णय गरेको हो ।


घिमिरे ७७ मंसिरमा छेन्दुको महावाणिज्यदूत बनेर खटिएका सहसचिव हुन । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी देखी कतिपय महत्त्वपूर्ण निकायको नेतृत्वदायी भुमिका मा रहेका घिमिरे उद्योग वाणिज्य मन्त्रालय देखि प्रधानमन्त्री कार्यालय पुर्वाधार महाशाखा प्रमुख भएर समेत काम गरेको अनुभव उनी सँग छ।

उनैलाई ७७ मंसिरको मन्त्रिपरिषद्को बैठकले छेन्दुको महावाणिज्यदुतको जिम्मेवारी दिइएको थियो। उनको सचिब बढुवा संगै धेरैले खुशी व्यक्त गरेका छन्।