तातोपानी नाका आजबाट खुल्ने

Nepal Cover
१५ भाद्र २०८०, शुक्रबार
image

काठमाडौँ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।