सिटिजन लाइफको आईपीओ आजबाट बिक्री खुला

  Sampatti News Online

September 1, 2023

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ बिक्री गर्न लागको हो ।

कम्पनीले बिक्री गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो ।

कम्पनीले ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कर्मचारीका लागि र बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा सेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।

प्रकाशित मिति:September 1, 2023