भोलि काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ती जाने

Nepal Cover
१५ भाद्र २०८०, शुक्रबार
image

काठमाडौं, १५ भदौं। भोली काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले ललितपुरसहित काठमाडौंमा भोलि दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो।

प्राधिकरणका अनुसार भोलि शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ। टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने बिधुत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ।