बालेन्द्र शाहले किन रद्द गरे चीन भ्रमण ?

  Sampatti News Online

September 1, 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्ध गरेका छन् । चीनले भर्खरैमात्र सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै उनले चीन भ्रमण रद्द गर्ने निर्णय गरेका हुन् ।

चीनको निमन्त्रणामा मेयर साह ५ दिने भ्रमणमा चीन जाँदै थिए । तर चीनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालीको संवेदनशीलतामाथि चालेको गलत कदम मान्दै नैतिकताको आधारमा चीन नजाने फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

प्रकाशित मिति:September 1, 2023