स्थानीय र प्रदेशका कर्मचारीलाई ३५ दिने सेवाकालीन तालिमको अवसर(सूचनासहित)

Nepal Cover
१५ भाद्र २०८०, शुक्रबार
image

काठमाडाैं । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय अधिकृत तहका कर्मचारीका लागि ३० दिने सेवाकालीन तालिमका लागि मनोनयर फाराम भरेर पठाउन सूचना जारी गरेको छ ।

प्रतिष्ठानले जारी गरेको सूचनामा सेवाकालीन प्रशिक्षणमा भाग लिन चाहने इच्छुक आवेदकले हाल बहाल रहेको वा नियुक्ति भएको पत्र अर्थात बढूवाको पत्रको छायाँप्रतिको साथमा कार्यालय प्रमुखको सिफारिससहित आगामी भदौं २५ गतेसम्म पठाउन भनेको छ ।

प्रशिक्षण लिन चाहने कर्मचारीले मनोनयन फाराम भर्ने अन्तिम दिनसम्म ३ बर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।