सुनको मूल्य बढ्यो

  Sampatti News

September 3, 2023

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य १०० रुपैयाँले बढेको र चाँदीको १० रुपैयाँले घटेको जनाएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । शुक्रबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ थियो । जुन, आज आइतबार १४ सय ६० रुपैयाँमा आइपुगेको हो ।

प्रकाशित मिति:September 3, 2023