आजदेखि ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु

Nepal Cover
१७ भाद्र २०८०, आईतवार
image

काठमाडौं । ललिता निवास जग्गा प्रकरणकामा पक्राउ परेकाहरूको थुनछेक बहस सुरु भएको छ । आजदेखि जिल्ला अदालत काठमाडौँमा बहस हुन लागेको हो ।

थुनामा रहेका १८ प्रतिवादीहरुको वयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा  थुनछेक बहस सुरु भएको हो ।

अहिले सरकारी वकिलको तर्फबाट बहस भइरहेको छ । यसअघि पक्राउ परेका १८ प्रतिवादीको बयान पनि यही इजलासका अधिकृतहरूले गरेका थिए । ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकास पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरे सीआइबीको हिरासतमा रहेका छन् ।