मिटरब्याजी अनुपस्थीत भएपछि जिप्रका ललितपुरले प्रहरी कार्यालयलाई लेख्यो पत्र

  Sampatti News Online

September 4, 2023

ललितपुर । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले आफु र आफना संस्था डुबाउन भुमिका खेल्ने मिटरब्याजीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्धा दर्ता गरेका छन । उक्त मुद्धा दर्ता भए लगत्तै छानविन सुरु भएको थियो । सोसँगै ३ जना मिटरब्याजीले चलन चल्तीको ब्याज भन्दा माथीको नगद र धितोमा राखेको घरजग्गा, गाडी फिर्ता गरेको पिडित चौलागाइले बताएका छन् ।

बाँकी रहेका १२ जना मिटरब्याजीहरु सम्पर्कमा नआएको उनले सुनाए । जिप्रका ललितपुरले सम्पर्कमा आउन भनेपनि नआएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा उनीहरु सम्पर्कमा नआएको बारे प्रशासनले जानकारी पत्र पठाएको छ । सो पत्र पठाएको बारे मिटरब्याज पिडित रविन्द्र चौलागाइले बताएका छन् ।

उनीहरुले मिटरब्याजमा पैसा लगाएको पुष्टि भएपछि र सम्र्पकमा नआएपछि जिप्रकाले प्रहरी कार्यालयमा पत्र पठाएको बताइएको छ । मिटरब्याजीहरु सम्पर्कमा नआएपछि र बारम्बार फोन गर्दा समेत उपस्थीत नभएको कारण जिल्ला प्रशासनले उनीहरु विरुद्ध प्रहरी कार्यालयमा पत्र पठाएको चौलागाइले बताए ।

मिटरब्याज सम्बन्धी कानुन बनेपछि आफनो अतिरिक्क्त रकम खाएकाहरुबाट रकम फिर्ता हुने आशा पलाएको चौलागाइले बताएका छन् । सो रकम फिर्ता भएपछि सहकारीका साना बचतकर्ताहरुको बाँकी रहेको निक्षेप फिर्ता गर्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित मिति:September 4, 2023