नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर सरकारी सेवामा कार्यरत रहेको अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर,कैद र जरिवानाको माग

  Sampatti News Online

September 4, 2023

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर सरकारी सेवामा कार्यरत रहेको आरोपसहित छैटौं तहकी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले हाल खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जमा कार्यरत हीमकुमारी सुनार पुनविद्धरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पुनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कूल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर सरकारी सेवामा प्रवेश गरेको र सोही प्रमाणपत्रका आधारमा उनले राजपत्र अनङ्कित द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्ति लिएको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारले पुन विरुद्ध कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा मुद्धा चलाएको हो ।

प्रकाशित मिति:September 4, 2023