सुनको मूल्य बढ्यो

  Sampatti News Online

September 4, 2023

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ । आइतबार प्रतितोला रू एक लाख १२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख १२ हजार चार सय ५० तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू पाँचले बढेर रू एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:September 4, 2023