नेप्सेमा ७.०४ अंकको सुधार

  Sampatti News

September 4, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज ७.०४ अंकले बढेर एक हजार ९ सय ६७ दशमलब ८३ विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज एक अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्री स्टार हाइड्रोपावर लिमिटेड १० प्रतिशतले बढेको छ भने दोल्टी पावर कम्पनीको शेयरमूलय ९.९९ प्रतिशतले बढेको छ । 

यस्तै, आज ग्रिन भेञ्चर्स लिमिटेड, रु रु जलविद्युत कम्पनी, आशा लघुवित्त वित्तीय संस्था र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयरमूलय पनि ९ प्रतिशत भनदा बढीले बढेको छ । 

आज लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज ५ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।       

१०० रुपैयाँमा आइपीओ पारेका र दोस्रो बजारमा तल्लो मूल्यमा किनेकाले माथिल्लो तामाकोशीको शेयर प्रतिकित्ता ९०० रुपैयाँ हुँदा पनि बिक्री गरेनन् । अहिलेसम्मकै उच्च मूल्य ९०४ रुपैयाँमा बिक्री गरेको भए आइपीओमा तामाकोशीको १० कित्ता शेयर हात पार्नेले पनि कर कटाएर करिव ७ हजार ५०० रुपैयाँ कमाउथे । तर, ९०० रुपैयाँ भन्दा माथि पुग्दा पनि बिक्री नगर्ने अहिले ठूलै रकम गुमाउन पुगेका छन् ।

अहिले माथिल्लो तामाकोशीको शेयर घटेर प्रतिकित्ता २१८ रुपैयाँको हाराहारीमा आएको छ । यसबीचमा शेयर बिक्री नगर्नेले १ बराबर १ को अनुपातमा हकप्रद शेयर भर्न पाउलान । तर, तिनीहरुले पनि प्रतिकित्ता ९०० रुपैयाँ पुग्दाको जतिकै फाइदा लिन लामो समय कुर्नु पर्ने भएको छ ।

प्रकाशित मिति:September 4, 2023