नयाँ नक्साबारे विदेशी मुलुकलाई गरिएको पत्राचारको जानकारी गराउन एमालेको माग

  Sampatti News

September 4, 2023

काठमाडाैं । एमाले सांसद रघुजी पन्तले नेपालको नयाँ नक्सालाई मान्यता दिने विदेशी मुलुकलाई गरिएको पत्राचारबारे विस्तृत जानकारी दिन माग गरेका छन् ।प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार र परराष्ट्र मन्त्रालयले त्यसको जानकारी संसदलाई गराउनुपर्ने माग गरे ।

‘नेपालको नक्सा संसद्ले एक मतले जारी गर्यौं । चीनले नक्सा प्रकाशित गर्दा हाम्रा चुच्चे नक्सा समेटिएको छैन । परराष्ट्रमन्त्री विगतको सरकारले पत्रचार नै गरेको छैन भनेर आलोचना गरेर बस्नु भएको छ,’ उनले भने, ‘वर्तमान सरकार र परराष्ट्र मन्त्रालयले चुच्चे नक्सालाई मान्यता दिलाउन कुन–कुन देशलाई पत्राचार गरेको छ त्यसको जानकारी तत्काल दिन सरकारसँग माग गर्दछु।’

प्रकाशित मिति:September 4, 2023