प्रधानमन्त्रीको निर्देशनको २० घण्टा भित्रै रक्षा सचिब शर्माले तत्काल नै दिए नतिजा

  Sampatti News Online

September 4, 2023

काठमाडौ । हेलो सरकारमा आएको प्रधानमन्त्री प्रचण्डको निर्देशनलगतै रक्षा सचिव किरणराज शर्माले आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा खटाई सोमबार बिहानैदेखि कार्यप्रारम्भ गर्नुभएको थियो ।
तारा दल गणको जिम्मेवारी क्षेत्र दोलखा जिल्ला, बिगु गाँउपालिका वडा नंम्बर ४ खोलिखिममा सोमबार देखि सञ्चालन हुने अपरेशन सिंगटी रक्षाू मा पूर्व निर्देशन बमोजिम स्थानीय प्रहरी प्रशासन, सम्बन्धित गाउँपालिका तथा अन्य सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरी सुरक्षाको सम्पुर्ण ब्यवस्था मिलाई ढुङ्गा ब्लास्टिङ्ग कार्य सुरु भएको छ । श्री कालीसिद्धि गण ९ई० बाट खट्टिएका ईन्जिनियर टिमबाट आजै सो ढुङ्गाको दक्षिण पश्चिम भागमा २१ वटा प्वाल तयार पारी दिउसो पहिलो ब्लास्टिङ्ग सम्पन्न गरेको । सो ब्लास्टबाट कुनैपनि मानविय तथा भौतिक क्षति नभएको तर २ सय मिटर तलतिर रहेको बिजुलीको पोलमा उछिट्टिएको ढुङ्गाले पोल केहि बांगिएको भएको रक्षा मन्त्रालयले जनाएको छ ।

आइतबार दिउँसो सिंहदरबारमा हेलो सरकार २४ सै घण्टा ९३ सिफ्ट० सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नंम्बर –४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुन्दै उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिनुभएको थियो।प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिनुभयो।

पौडेलका अनुसार बस्तीमाथि रहेको ढुंगो बिस्फोट गरी हटाउने कार्य सुरू गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय लाग्नेछ। पौडेलले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरू गरिसकेको छ। ढुंगो निकै ठूलो छ, एकैपटक बिस्फोट गर्दा ढुंगाले बस्तीमा असर पर्न सक्छ। त्यसैले बस्तीलाई असर नपर्नेगरि ढुंगो हटाउने कार्य भइरहेको छ।’’

आइतबार हेलो सरकारको २४ सै घण्टा सेवा शुभारम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठूलो ढुंगो अड्किएर बसेको र सो ढुंगाको कारण ३२ घरधुरी बिस्थापित हुनुका साथै सरकारी संरचनाहरूसमेत जोखिममा रहेको गुनासो टिपाउनुभएको थियो।तर त्यो गुनासो गरेको २० घण्टा मै नतिजा मुखी काम भएपछि स्थानीयवासिले खुशी व्यक्त गरेका छन्।

प्रकाशित मिति:September 4, 2023