सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने: बालेन साह

  Sampatti News Online

September 5, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले मंगलबार उनले सामाजिक सञ्जालमार्फत सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराएमा महानगर रंगशाला बनाउन पहल गर्ने बताएका हुन् ।

उनले लेखेका छन् ,‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौँ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ ।’

उनले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् ।

प्रकाशित मिति:September 5, 2023