नेप्सेले पुनः दियो गिरावटलाई निरन्तरता

  Sampatti News Online

September 5, 2023

काठमाडौं । नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि घटेर बन्द भएको छ । आज नेप्से ६.४५ अंकले घटेर एक हजार ९ सय ६१ दशमलब ३७ विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । ७९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५६१ रुपैयाँ पुगेको छ भने नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ६४७ रुपैयाँ पुगेको छ ।   

आज आरबीबी म्युचुअल फण्ड–२ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरको भएको छ । यस कम्पनीको आज ७ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।       

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक ०.७९ प्रतिशत घटेको छ।

प्रकाशित मिति:September 5, 2023