अख्तियारको कर्मचारी भन्दै व्यवसायीलाई धम्काएर ठगी गर्ने दुईजना प्रहरीको फन्दामा

Nepal Cover
२० भाद्र २०८०, बुधबार
image

‘हामी अख्तियारका मान्छे हौँ, तपाईले नक्कली बिल भपाईको काम गर्नुहुँदोरहेछ, अब तपाईलाई फसाईदिन्छौ’ भन्दै धम्की दिएर पैसाको बार्गेनिङ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

धनुषाको हंसपुर नगरपालिका ३ का ३७ वर्षीय अनिल सिंह र सोही ठाउँका ३२ वर्षीय राहुल सिंहलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, नत्र पसल सिल गर्छौं भन्दै धाक धम्की दिएर रुपैयाँ असुलेको उनीहरुमाथि आरोप छ ।

जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमपुरा चोकस्थितबाट उनी दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार जनकपुरका ७ वटा पसलबाट नगद रुपैया असुलेका थिए । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर थप अनुसन्धान तथा कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ