कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारबाट सांघातिक आक्रमण

  Sampatti News Online

September 6, 2023

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । 

न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।

सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ । भृकुटीमण्डपमा रिपोर्टर्स क्लवको कार्यक्रमबाट बाहिरिने क्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

प्रकाशित मिति:September 6, 2023