नेप्सेमा २८.९२ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  Sampatti News

September 7, 2023

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे ६ अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार २८.९२ अंकले घटेर एक हजार ९ सय ३२ दशमलब ४५ विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज एक अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २१ कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शुभम् पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६९१ रुपैयाँ पुगेको छ । साथै आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ७.४६ प्रतिशतले बढेर प्रतिकित्ता ३१७ रुपैयाँ पुगेको छ ।   

आज बाराही हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।        

बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:September 7, 2023