वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा  आज शोक बिदा

  Sampatti News Online

September 8, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको छ । शुक्रबार काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले बिदा दिने निर्णय गरेको हो ।

शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द हुनेछैन् । वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । रिजालको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । 

प्रकाशित मिति:September 8, 2023