डलरको भाउ हालसम्मकै उच्च

  Sampatti News

September 8, 2023

मेरिकी डलरको भाउ हालसम्मकै उच्च् विदुमा पुगेको छ। नेपाल राष्ट्र बेंकको तथ्याँक अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ४४ पैसा पुगेको छ। यो हासम्मकै महँगो हो।

बिहीबार डलरको भाउ १३३ रुपैयाँ ३२ पैसा थियो। शुक्रबार १२ पैसाले बढेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ ।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

प्रकाशित मिति:September 8, 2023