प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा

  Sampatti News Online

September 8, 2023

काठमाडौं । प्रभु बैंक लिमिटेडले १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । 

संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। यो अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ। 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रकाशित मिति:September 8, 2023