तोलामा ३०० रुपैयाँले बढ्यो सुनको भाउ

Nepal Cover
२२ भाद्र २०८०, शुक्रबार
image

काठमाडौँ । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।