फेरि १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

  Sampatti News

September 8, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ’झ’ बिक्री गर्न लागेको हो। यो ऋणपत्रको बोलकबोल भदौ २४ गते हुनेछ ।

राष्ट्र बैंकका अनुसार आगामी आइतबार ३ बजेसम्म बोलकबोल हुने ऋणपत्रको ब्याजदर पनि बोलकबोलबाटै तय हुने छ । ऋणपत्र भदौ २५ गतेदेखि निष्कासशन हुने छ । ऋणपत्रको साँवा भुक्तानी आगामी २०८६ भदौ २५ गते हुने राष्ट्र बैंकको भनाइ छ ।

बोलकबोलबाट निर्धारण हुने ब्याज अर्धवार्षिकरूपमा भुक्तानी हुनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात साढे ८ अर्ब र साढे ५ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ ।

सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाल नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पनि पाइनेछ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्फतमात्र हुन्छ ।

प्रकाशित मिति:September 8, 2023