माण्डु हाइड्रोपावरको IPO आइतबार बाँडफाँट हुँदै

  Sampatti News

September 8, 2023

काठमाडौं । माण्डु हाइड्रोपावरले सर्वसाधारणको लागि प्रिमियममा निष्काशन गरेको आईपीओ आइतबार (भदौ२४ ) गते बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयरमा ८.८७ गुणा बढी आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेसँगै गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा ९ लाख ८० हजार ५५ जनाले कुल १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २० हजार ५३२ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ८ लाख ५९ हजार ५२३ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको थियो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

प्रकाशित मिति:September 8, 2023