५८ सहसचिवको सरुवा हुँदा राष्ट्रिय योजना आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर गएका दाहाललाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । दाहालले कप्र महाशाखा प्रमुखको जिम्मेवारीमा काम सुरु गरिसकेको बुझिएको छ।
अमनलाल मोदी मन्त्री हुँदा कर्मचारी प्रशासन महाशाखाको प्रमुख बनाएर ल्याइएका हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको थियो । उनलाई मन्त्रालयको पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी दिने संभावना बढी देखिन्छ।
सामान्यमा सहसचिवद्धय सुमन दाहाल र डा. नारायणप्रसाद रेग्मी भित्रिएका छ्न । दाहाल भन्सार विभाग हुदै अर्थ बुझी सकेका सहसचिव हुन्। ।
अर्थ मन्त्रालयमा रहँदा मन्त्रालयको धेरै वटा महाशाखा प्रमुखको जिम्मेवारी पाउने प्रशासकका रूपमा चिनिन्छन् ।डा. रेग्मी बौद्धिक प्रशासकमा रूपमा चिनिन्छन भने दाहाल पुर्व अर्थ मन्त्री बिष्णु पौडेलका भित्रियाका रूपमा समेत परिचीत छ्न्।