मलंगवा बजार क्षेत्रमा १५ घण्टाका लागि कर्फ्यू जारी

  Sampatti News Online

September 9, 2023

सर्लाही। कृष्ण जन्माष्टमीको पूजापछि मूर्ति विसर्जनको विषयमा भएको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ देखि आइतबार बिहान ८ बजेसम्म मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी जारी गरेको हो।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो ।

झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । कर्फ्युको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । 

प्रकाशित मिति:September 9, 2023