सुन तस्करी प्रकरण : भन्सार अधिकृत र दुई नासु समातिए

Nepal Cover
२३ भाद्र २०८०, शनिबार
image

काठमाडौं– ६१ किलो सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शनिबार विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले  जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यी तीनसहित अहिले सुन तस्करी प्रकरणमा सीआईबीको नियन्त्रणमा ३१ जना रहेका छन्। साउन २ गते विमानस्थल बाहिरबाट उक्त तस्करीको सुन बरामद गरिएको थियो।