दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १ अर्बमाथि

  Sampatti News

September 10, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दाेहाेराे अंकको सुधार भएको छ । आज नेप्से १०.२३ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६८ विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १५२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६० रुपैयाँ पुगेको छ भने शुभम् पावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७६० रुपैयाँ पुगेको छ ।   

त्यस्तै, आज ङादी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्तँ १९४ रुपैयाँ पुगेको छ भने मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता १९५.५० रुपैयाँ पुगेको छ । 

कारोबार रकमका आधारमा (आज) हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.८१ प्रतिशतले घटेको छ । यस दिन हिमाल दोलखा हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माछापुच्छ्रे बैंक र शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

   १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.१४ प्रतिशत घटेको हो।

प्रकाशित मिति:September 10, 2023