माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट

  Sampatti News

September 10, 2023

काठमाडौं। माण्डु हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज सेयर बाँडफाँड गर्दै उक्त आवेदकलाई परेको जनाएको हो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।

क्यापिटलका अनुसार कूल आवेदकमध्य ‘लक्की ड्र’मार्फत १ लाख २० हजार ५३२ आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको थियो ।

माण्डु हाइड्रोपावरले सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर बिक्री खुलाएको थियो । आईपीओमा १० लाख १६हजार ७१४ जनाले आवेदन दिएका थिए । यसमध्ये १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको थियो ।

प्रकाशित मिति:September 10, 2023