२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी पक्राउ

  Sampatti News

September 11, 2023

काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले नेपाल सरकारका एक जना कर्मचारीलाई २६ लाख नगदसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

प्रकाशित मिति:September 11, 2023