आज समाजवादी मोर्चाको सन्देश सभा विराटनगरमा

Nepal Cover
२५ भाद्र २०८०, सोमबार
image

विराटनगर । समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा गर्दैछ । यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देशसभा गरिसकेको मोर्चाले आज कोशीको विराटनगरमा सन्देशसभा राखेको हो ।

सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने भएका छन् ।