यातायात बिभागमा उद्दब रिजाल भए महानिर्देशक

Nepal Cover
२५ भाद्र २०८०, सोमबार
image

काठमाडौ । यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव उद्धवप्रसाद रिजाल नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई सो जिम्मेवारी दिएको हो ।

विभागले डेढ महिनापछि महानिर्देशक पाएको छ । यसअघि रिजाल धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । रिजालले महानिर्देशकको पत्र बुझिसकेको र सोमबार हाजिर हुने मन्त्रालयले जनाएको छ ।

अहिले विभागले करिब १४ महिनाको बीचमै छैठौं महानिर्देशक पाएको छ । यसअघि सरुवा भट्टराईले विभागमा ५ महिना मात्रै काम गरे । भट्टराईभन्दा अघिका महानिर्देशक तुलसीनाथ गौतम त ३ हप्तामै सरुवा भएका थिए ।

गौतमभन्दा अघि डा.टोकराज पाण्डे विभागको महानिर्देशक थिए । २० भदौ २०७९ महानिर्देशक बनेका पाण्डे ५ महिनामै सरुवा भएका थिए ।

पाण्डे भन्दाअघि २० असार २०७९ मा महानिर्देशक नियुक्त भएका सुरेश राउत पनि विभागमा दुई महिना पनि टिक्न सकेनन् । राउतअघि ५ चैत २०७७ मा विभागको नेतृत्व सम्हालेका नमराज घिमिरेले भने १९ असार २०७९ सम्म काम गरे ।

घिमिरेभन्दा अघि गोनबहादुर हमाल विभागका महानिर्देशक थिए । उनले बिभाग भित्र नयाँ पन दिएर गए त्यसै आज पनि हमालको चर्चा छ। त्यस पछि बिभाग आएकाहरु बिकृती मात्रै थपेर गए बिभाग नियाल्नेहरुको भनाइ छ।नयाँ महानिर्देशक रिजालले कसरी काम काम गर्छ्न त्यो भने हेर्न बाकी छ।