जनप्रतिनिधि र कर्मचारीका लागि काठमाडौंले किन्यो ३ करोडका गाडी

  Sampatti News

September 11, 2023

काठमाडौं । जनप्रतिनिधि र कर्मचारीका लागि काठमाडौं महानगरपालिकाले ३ करोडको सवारी खरिद गरेको छ । महानगरपालिकाले नप्रतिनिधि र कर्मचारी चढ्नका लागि भन्दै एकैपटक ३ करोडको ८ वटा विद्युतीय गाडी एकैपटक खरिद गरेको हो ।चालु खर्च बढेपनि विकास खर्च कम भएको भन्दै आलोचना भइरहेका बेला महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि भन्दै ८ वटा विद्युतीय गाडी एकैपटक खरिद गरेको हो ।

महानगरका वातावरण व्यवस्थापन विभागका अनुसार ८ मध्ये ४ वटा गाडी काठमाडौँ प्लाजास्थित महानगरपालिकाको कार्यालय र ४ वटा राष्ट्रिय सभागृहमा राखिने छ ।

क-कसले कसरी प्रयोग गर्ने विषय जनप्रतिनिधिले नै निर्णय गर्ने बताइएको छ । महानगरले टाटाको नेक्सन ईभी प्रति इकाई करिब ३८ लाख रुपैयाँमा किनेको बताइएको छ । 

महानगरका अनुसार आवश्यक पर्दा महानगरका कर्मचारी र विषयगत समितिहरूले प्रयोग गर्न पाउने गरी गाडी किनिएको हो। महानगरमा जनप्रतिनिधिहरू नै संलग्न रहेको १४ वटा विषयगत समितिहरू छन् । यस्ता समितिले पनि विभिन्न कामको सिलसिलामा नयाँ किनिएका गाडीहरू प्रयोग गर्ने उनले छन्।

२-२ वटा चार्जिङ स्टेसन पनि काठमाडौँ प्लाजा र सभागृहमा रहने जनाइएको छ ।

प्रकाशित मिति:September 11, 2023