नक्कली प्रमाणपत्र पेश गरेर जागिर खानेविरुद्ध मुद्दा दायर

Nepal Cover
२५ भाद्र २०८०, सोमबार
image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका एक जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले नुवाकोटको विदुर नगरपालिका-१३ स्थित कन्यादेवी आधारभूत विद्यालयका शिक्षक मञ्जुकुमारी थापा (ओझा)विरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार २०७५ चैत २९ गते कन्या देवी आधारभूत विद्यालयमा स्थायी नियुक्ति हुनका लागि विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा कुनै पनि व्यक्तिले सरकारी सेवा सुविधा पाउने उद्देश्यले झुटा विवरण पेश गरेको पाइएमा असूरअनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० देखि २० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।