बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा

Nepal Cover
२५ भाद्र २०८०, सोमबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरूसँग अधिकार नै नभएको विभागका एक अधिकृतस्तरका कर्मचारीले बिजुलीको महसुल सङ्कलन गरी हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । 

अधिकृत साहले व्यवसायीहरूबाट विद्युत् महसुलबापतको रकम तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ उठाई विद्युत् महसुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारको दाबी छ । 

साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) को (छ) बमोजिम कैद सजाय र जरिवाना हुन तथा हानिनोक्सानी भएको बिगोसमेत निजबाट असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको ले बताए ।