शेयर बजारमा हरियाली, कारोबार रकममा पनि बृद्धि

Nepal Cover
२५ भाद्र २०८०, सोमबार
image

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १० अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ४४.३० अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ९९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.२३ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६८ विन्दुमा बन्द भएको थियो ।   

त्यस्तै आज एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

नेप्सेका अनुसार सोमबार कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

जसमा थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मेलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।    

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का कलगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.४३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको आज ६ करोड २क५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।     

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, विकास बैंक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र निर्जिवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।