अध्यागमन महानिर्देशकमा तामाङ, एयरपोर्ट्मा हमाल ,सोडिओ हेरफेर

Nepal Cover
२५ भाद्र २०८०, सोमबार
image

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमनबिभागको महानिर्देशकमा रुद्रसिह तामाङ लाई जिम्मेवारी दिएको छ। त्यसैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल लाई एयरपोर्ट को अध्यागमन प्रमुखको जिम्मेवारी दिएको बताइएको छ।नयाँ जिम्मेवारी पाएका दुबै सहसचिव आफनो काममा पोख्त सहसचिव का रुपमा परिचित छन्।

पाँच जिल्ला का प्रमुख जिल्ला अधिकारीको भुमिकामा हेरफेर को कहाँ

पाँच जिल्लाका सिडिओसहित १० सहसचिवको सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत सहसचिवसहित दाङ, भक्तपुर, महोत्तरी,बागलुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभाग कालीकास्थान काठमाडौँको महानिर्देशक बनाई पठाइएको छ भने तामाङको ठाउँमा सहसचिव जय नारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्य गृह मन्त्रालयमा कार्यरत थिए ।
प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीलाई दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाइ पठाइएको छ भने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा ल्याइएको छ । उनी पनि व्यवस्थापन र समन्वयमा कुशल प्रशासनका रुपमा चिनिन्छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रजिअ भरतमणि सुवेदीलाई गृह मन्त्रालय ल्याइएको छ भने मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडिओ बनाइएको छ । ललितपुर महानगरबाट गृह प्रवेश गरेका अर्याल निजामती क्षेत्रमा काबिल प्रशासकका रूपमा परिचित छ्न । ललितपुर महानगरमा लामो समय बसेका अर्यालले महत्त्वपूर्ण काम गर्न सफल भएका थिए ।

त्यसैअनुरूप मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअ र बागलुङकी प्रजिअ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअमा खटाइएको छ। यससँगै महोत्तरीका प्रजिअ दीपक कुमार पहाडी र भक्तपुरका प्रजिअ खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।भक्तपुर जिल्लामा रहेर नतिजामुखी काम गर्ने रिजालको चाडै गरिएको सरुवालाई भक्तपुरवासिले निको मानेका छैनन। उनी सरल अनि सहयोगी प्रशासक भएकाले छोटो समयमा लोकप्रियता चुलिएको बताइन्छ ।