विमानस्थल बाहिरबाट फेरि एक किलो सुन बरामद

  Sampatti News

September 12, 2023

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।

उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:September 12, 2023