नेप्सेमा दोहोरो अंकको गिरावट संगै कारोबार रकम पनि घट्यो

  Sampatti News

September 12, 2023

काठमाडौं । साताको पहिलो दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेप्से, मंगलबार भने घटेर बन्द भएको छ। गत साताको अन्तिम दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस साताको पहिलो दुई कारोबार दिन बढेको थियो।

आज नेप्से १९.४२ अंकले घटेर एक हजार ९ सय ६७ दशमलब ५७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज एक अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

नेप्सेका अनुसार मंगलबार कारोबार भएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

जसमा थशुभम् पावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१४.६० रुपैयाँ पुगेको छ । साथै आज सामलिङ पावर कम्पनी लिमिटेडको पनिे शेयरमूल्य ७.५८ प्रतिशतले बढेर प्रतिकित्ता ३५५ रुपैयाँ पुगेको छ ।      

आज थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल एसबिआइ बैंकको भएको छ । यस कम्पनीको आज ७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।        

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:September 12, 2023