सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड मिति तय

Nepal Cover
२६ भाद्र २०८०, मंगलवार
image

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ भदौ २८ गते बिहिबार दिउँसो २ बजे शेयर बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले तयारी गरेको हो। क्यापिटलका अनुसार सो दिन सार्वजनिक विदा भएको खण्डमा पनि शेयर बाँडफाँड हुने छ।

सिटिजन लाइफले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई ९० लाख कित्ता शेयर शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो। कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।