उद्योग मन्त्रालयमा ५ सहसचिव हेरफेर, २ जनाको पदस्थापन

Nepal Cover
२६ भाद्र २०८०, मंगलवार
image

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ जना सहसचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरेको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा १५ बमोजिम उद्योगमन्त्री रमेश रिजालले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिवको कार्यविभाजन हेरफेर गरेका हुन् ।

मन्त्रीको सचिवालयका अनुसार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागमा सह सचिव तिर्थ चिलुवाललाई पदस्थापन गरिएको छ । यसअघि चिलुवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत थिए । त्यसैगरी कम्पनी रजिष्टारको कार्यालयको रजिष्ट्रारमा सहसचिव दिवस आचार्यलाई पदस्थापन गरिएको छ । यसअघि आचार्य राष्ट्रिय सुचना आयोगमा थिए 

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयको आपूर्ती व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा सरुवा गरिएको छ । सहसचिव लीला प्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा,यज्ञराज कोईरालालाई प्रशासन तथा संस्थान महाशाखा, सहसचिव गोविन्द बहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा, सहसचिव जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवद्र्धन महाशाखाको कामकाज तोकिएको छ ।