काठमाडौँ । बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन्। बर्दियाको राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक बिद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
उनले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धानका प्रवक्ता दाहालका अनुसार उनले १४ हजार ५०० रुपैयाँ घुस लिएकि छन् । अख्तियारले उपाध्यायमाथि थप अनुसन्धान अघि बढाएको छ।