आईफोन १५ सार्वजनिक : कति पर्छ मूल्य, के-के छन् विशेषताहरू ?

  Sampatti News

September 13, 2023

प्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार राती ‘वन्डरलस्ट’ इभेन्टमा आईफोन १५ सिरिज तथा एप्पल वाच सिरिज ९ लन्च गरेको छ। यसका साथै एप्पले इभेन्टमा एप्पल वाच अल्ट्रा २ पनि लन्च गरेको छ।

कम्पनीले पहिलो पटक चार्जिङ्गको लागि टाइप सी पोर्ट उपलब्ध गराएको छ। अहिलेसम्म एप्पलले आइफोनमा लाइटनिङ्ग पोर्ट मात्र उपलब्ध गराएको थियो।

एप्पलले आईफोन १५ मा ४८ मेगापिक्सलको मेन क्यामरा दिएको छ। आईफोन १५ र १५ प्लसमा ए १६ बायोनिक चिप जडान गरिएको छ। त्यस्तै, आईफोन १५ प्रो र प्रो म्याक्समा ए १७ बायोनिक चिप उपलब्ध गराएको छ। प्रो मोडलहरुमा टाइटेनियमको पनि प्रयोग गरिएको बताएको छ।

एप्पलले १२८ जीबी भेरियन्टका आईफोन १५ को सुरुवाती मूल्य ७९९ डलर तोकेको छ भने १२८ जीबी स्टोरेज भएको आईफोन १५ प्लसको सुरुवाती मूल्य ८९९ डलर तोकेको छ। त्यस्तै २५६ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्रोको सुरुवाती मूल्य ९९९ डलर र २५६ जीबी स्टोरेज भएको आईफोन १५ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर निर्धारण गरेको छ।

नयाँ आईफोन १५ सेप्टेम्बर अर्थात शुक्रबारदेखि एप्पलको आधिकारिक वेबसाइट र विभिन्न अनलाइन स्टोरबाट प्रि–अर्डर गर्न सकिनेछ। त्यस्तै, आईफोन १५ का सिरिजहरु सेप्टेम्बर २२ देखि उपलब्ध हुने एप्पलले जनाएको छ।

के छन् विशेषता ?

  • आईफोन १५ र आईफोन १५ प्लसमा ठूलो र थप उज्यालो स्क्रीनको प्रयोग सहित क्यामेराको गुणस्तर पनि बढाइएको छ । त्यसैगरी आईफोन १५ प्रो र प्रो म्याक्समा अन्तरिक्ष यानमा प्रयोग गरिने टाइटेनियम फ्रेमको प्रयोग गरिएको छ ।
  • प्रो र म्याक्समा म्यूट स्विचको स्थानमा “एक्सन बटन” पनि राखिएको छ । जसले क्यामेरा लगायत अन्य एप्सहरूमा क्विक एक्सेसका लागि सहयोग गर्दछ ।
  • नयाँ एप्पल वाचमा ‘जेस्चर कन्ट्रोल’ फिचर समावेश गरिएको छ । यस फिचर अन्तर्गत घडी लगाइएकै हातका दुई औंलाहरू सँगै डबल ट्याप गर्दा फोन उठान सकिनेछ । त्यसैगरी, सोही प्रक्रियाले फोन काट्न समेत सकिने बताइएको छ ।

प्रकाशित मिति:September 13, 2023