फेरि २००० विन्दुमाथि उक्लियो नेप्से

  Sampatti News Online

September 13, 2023

काठमाडौं । नेप्से परिसूचक ३ सातापछि २००० विन्दु माथि उक्लिएको छ। गत भदौ ७ गते २०१३.९३ विन्दुमा बन्द भएको नेप्से, सोपश्चात निरन्तर २००० विन्दुभन्दा तल बन्द भइरहेको थियो। भदौ ७ गतेपश्चात अर्थात ३ सातापछि नेप्सेले पहिलो पटक २००० को विन्दु पार गरेको हो।

आज बुधबार शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.४८ अंकले बढ्दै २००७.०६ बिन्दुमा पुगेको छ । १ अर्ब ५९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँ बराबरको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर किनबेच भएको छ ।

मंगलबार १९.४२ अंकले घटेको नेप्सेमा बुधबार बाउन्सब्याक भएको हो ।  आइतबार र सोमबार बढेको नेप्से हिजो मंगलबार घटेको थियो । बुधबार भने मंगलबारको गिरावट समेत कभर गर्दै नेप्सेले २००० अंकको बिन्दु पार गरेको हो ।

नेप्सेका अनुसार बुधबार कारोबार भएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज बरुण हाइड्रोपावरको शेयर मूल्य २२ रुपैयाँले प्रतिशतले बढेर प्रतिकित्ता २४२ रुपैयाँ पुगेको छ । शुभम् पावर लिमिटेडको शेयरमूल्य पनि ८१‍४० रुपैयाँले बढेर ८९६ रुपैयाँ पुगेको छ ।

थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले भने प्रतिशतका हिसाबले सबैभन्दा धेरै गुमाएका छन‍ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्यमा ८ प्रतिशत गिरावट आउँदा ३१३ रुपैयाँ काम भएको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज एनआइसी एसिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।  सो कम्पनीको ७ करोड ९३ लाख २५ हजार ३४७ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति:September 13, 2023