रेडी ट्रेड कम्पनीकै नाममा भित्रिएको थियो ३०२ किलो अवैध सुन

Nepal Cover
२७ भाद्र २०८०, बुधबार
image

काडमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले रेडी ट्रेड लिंक प्रालिको नाममा हालसम्म ३०२ किलो अवैध सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ ।

दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको रेडी ट्रेड लिंक प्रालिले विभिन्न देश हुँदै नेपालमा हालसम्म ३०२ किलो ६२० ग्राम अवैध सुन तस्करी गरेर भित्र्याएको खुलेको छ।

कम्पनीले भित्र्याएका सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएको उनले बताइन् । हङकङ ट्रान्जिट हुँदै त्यहाँबाट तीनवटा कम्पनीले रेडी ट्रेडको नाममा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को सुन भित्र्याएको पाइएको बज्राचार्यले बताइन्।

उनका अनुसार पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयलाई राय दिइँदैछ।

साउन ३ गते त्रिभुवन विमानस्थल बाहिर बरामत गरिएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले आज (बुधबार) सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

प्रहरी केन्द्रीय अनुसन्धान व्युरोका अनुसार यो प्रकरणमा अहिलेसम्म अहिलेसम्म ३२ जना पक्राउ परेको जनाएको छ र अझैं १८ जना सिआइबीको फरारको सूचीमा छन् ।

यो प्रकरणमा भन्सारका मात्र ८ जना कर्मचारी पक्राउ परेका छन् । भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक १ जना, कम्पनी खोल्ने १ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् । यी सबैगरी ३२ जना पक्राउ परेको र अन्य १८ जना फरार रहेको प्रहरीले जनाएको छ ।