अन्त्येष्टिका लागि निवासबाट सुरु भयाे नेम्वाङको शवयात्रा

  Sampatti News Online

September 14, 2023

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अन्तिम महाप्रस्थान उहाँको नीजि निवास बालुवाटारबाट सुरु भएको छ ।

संविधान सभाका अध्यक्ष नेम्वाङको शवयात्रा नीजि निवास बालुवाटारबाट शंखपार्कतर्फ अघि बढिरहेको छ ।

अन्तिम संस्कार दिउँसो आज ११ बजे पशुपतिनाथ मन्दिरस्थित आर्यघाटमा राजकीय सम्मानका साथ सम्पन्न हुनेछ । स्वर्गीय नेम्वाङको अन्त्येष्टि लिम्बूहरुको मुन्धुम विधि अनुसार गरिने उहाँको परिवारले जानकारी दिएका छन् ।

प्रकाशित मिति:September 14, 2023