सरकारी कर्मचारीको अनुगमन बाँके एयरपोर्टमा २६ लाख सहित पक्राउ परेका अधिकृत सापकोटा जस्तै हो

  Sampatti News

September 14, 2023

बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए ।

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटाले रकमको श्रोत खुलाउन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाइएको छ ।

उक्त रकमसहित पक्राउ परेका अधिकृत सापकोटा बाहिरी जिल्लाको अनुगमन गरेर घर बिदामा हिँडेको पाइएको छ । उनी अर्का अधिकृत सहित रूकुम पश्चिमको आठबीसकोट क्षेत्रमा अनुगमन गर्नका लागि गएका थिए । कतिपय सरकारी कर्मचारीले कसरी अनुगमन गर्छन् त्यो अधिकृत सापकोटाले गरेको अनुगमन भन्दा भिन्न नहुने अनुगमनमा परेकाहरुको भनाइ सुन्न समेत सकिन्छ ।

प्रकाशित मिति:September 14, 2023