युरोपका पाँचसहित थप ८ देशमा नेपाली दूतावास स्थापना गरिने

  Sampatti News

September 14, 2023

काठमाडौँ ।

काठमाडौं । सरकारले विश्वका थप आठ वटा देशमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । सोमबार र मंगलबार बसेको उच्चस्तरीय बैठकले वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेका युरोपका ५ देशसहित ८ मुलुकमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले बाक्लिँदै गएको नेपाली समुदायलाई कन्सुलर सेवा प्रदान गर्न पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड र टर्कीमा दूतावास खोल्ने निर्णय गरेको हो ।

यी दूतावासमा परराष्ट्र सेवाको उपसचिव, श्रम मन्त्रालयको अधिकृतस्तरको श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहेछन् ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले सुरक्षित र मर्यादित वैदेशिक रोजगारी व्यवस्थापन लागि ४७ बुँदे निर्णय गरेको छ ।

प्रकाशित मिति:September 14, 2023